एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज एट्लान्टाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
रियलले इटालियन क्लबविरुद्ध उसैको मैदानमा खेल्नेछ । रियल र एट्लान्टाबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
इटालियन क्लबविरुद्ध मैदान उत्रदा रियल जितको खोजीमा हुनेछ ।
रियल पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, एट्लान्टाविरुद्धको खेल रियलका लागि कठिन हुनेछ ।
किनकी बलियो टिम एट्लान्टा पनि रियललाई हराएर क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियल लगातार २४ औं सिजन नकआउट चरणमा पुगेको हो ।
एट्लान्टाले गत सिजन क्वाटरफाइनल खेलेको थियो ।
च्याम्पियन्स लिगमा रियल र एट्लान्टा भने पहिलो पटक भिड्न लागेका हुन् ।
इटालियन क्लबविरुद्ध रियलका करिम बेन्जिमाले खेल्ने छैनन् ।
यस सिजन टिमका सर्वाधिक गोलकर्ता बेन्जिमा चोटको कारण इटाली भ्रमणमा छैनन् ।
यस्तै इडेन हाजार्ड, सर्जियो रामोस, डानी कार्भाजल र मार्सेलोले समेत एट्लान्टाविरुद्धको खेल गुमाउने छन् ।
एट्लान्टालाई भने खेलाडी चोटको समस्या रहेको छैन ।