एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा एस्टनसँग खेल्नेछ । सिटी र एस्टनबीचको खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी सहज जित निकाल्ने योजनामा हुनेछ ।
सिटी जित निकाल्दै शीर्ष स्थानको लेष्टरसँगको अंक बराबरी गर्न समेत चाहन्छ ।
तेस्रो स्थनमा रहेको सिटीले ३५ अंक जोडेको छ ।
एस्टन २६ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमसँग खेल्नेछ ।
युनाईटेड र फुलहमबीचको खेल राति २ बजे सुरु हुनेछ ।
युनाईटेड फुलहमलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
युनाईटेड ३७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
फुलहम १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।