एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले कप्तान लियोनल मेस्सीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल गर्ने भएको छ ।
बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ ।
स्पेनिस सुपर कपको फाइनल खेल दौरान मेस्सीले रातो कार्ड पाएका थिए ।
एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् ।
उक्त खेलमा बार्सिलोना अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित भएको थियो ।
रातो कार्ड पाएसंगै अर्जेन्टिनाका कप्तान मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लागेको थियो ।