एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक एक गोल गरे ।
क्याम्प नाउमा मार्टिनले २९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।
ओसासुनाविरुद्धको गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरेका थिए ।
गोलपछि उनले म्यारोडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए ।
यस्तै बार्सिलोनाले पनि खेल अघि म्यारोडोनालाई सम्झिएको थियो ।
बार्सिलोनाका पूर्व खेलाडी म्यारोडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।
जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा समेत उक्लिएको छ ।
बार्सिलोनाले ९ खेलमा १४ अंक जोडेको छ ।
ओसासुना ११ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।