एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ । चेल्सी र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
टोटेनहमविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्ने योजनामा हुनेछ । तर, बलियो टिमविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन ।
चेल्सी ९ खेलमा १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । टोटेनहमलाई हराउँन सकेमा चेल्सीले शीर्ष स्थानको लिभरपुलसँगको अंक बराबरी गर्नेछ।
यता, टोटेनहम ९ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । चेल्सीलाई हराएर टोटेनहम शीर्ष स्थानमा उक्लन चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले साउथह्याम्पटनसँग खेल्नेछ ।
युनाईटेडले उसैको मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ ।
युनाईटेड १४ अंक जोडेर नवौं स्थानमा रहेको छ । घरेलु टिमलाई हराएर युनाईटेड अंक तालिका सुधार गर्न चाहन्छ ।
पाँचौ स्थानको साउथह्याम्पटनको १७ अंक रहेको छ ।
यस्तै आर्सनलएल उल्भ्ससँग खेल्नेछ ।
आर्सनलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ ।
आर्सनल उल्भ्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
आर्सनल १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
उल्भ्स १४ अंक जोडेर १० औं स्थानमा रहेको छ ।