एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको चौंथो खेलमा आज (बिहीबार) राति विभिन्न २४ खेलहरु हुँदैछ ।
युरोपा लिगमा आज १२ समूहका २४ खेलहरु हुने छन् ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको चौंथो खेलमा नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।
समूह 'बी' मा रहेको आर्सनलले उसैको मैदानमा मोल्डेसँग खेल्नेछ ।
आर्सनल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आर्सनल ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मोल्डे ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्ससँग घरेलु मैदानमा खेल्नेछ ।
समूह 'जे' को टोटेनहम तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलमा ६ अंक जोडेको टोटेनहम समूहको शीर्ष स्थानमा रहेको छ ।
अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।
त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले पोर्चुगिज क्लब ब्रागासँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'जी' को लेष्टरले लगातार चौंथो जितको खोजीमा रहेको छ ।
लेष्टर ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब लिलसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'एच' को मिलान तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
अर्को इटालियन क्लब नापोलीले रिजिकासँग घरेलु मैदानमा खेल्नेछ ।
रोमाले सीएफआर क्लुजसँग उसैको मैदानमा खेल्नेछ ।
त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले अल्कमारसँग उसैको मैदानमा खेल्दा ग्रानडाले ओमोनिया र भिल्ला रियलले तेल एभिभीसँग खेल्नेछ ।