एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्किस क्लब इस्तानबुल बासाकसेरसँग खेल्दैछ ।
पीएसजीले टर्किस क्लबसँग उसैको मैदानमा खेल्नेछ । पीएसजी र इस्तानबुलबीचको खेल राति ११:४० बजे सुरु हुनेछ ।
इस्तानबुलविरुद्ध मैदान उत्रदा पीएसजी पहिलो जितको खोजीमा हुनेछ । समूह 'एच' मा रहेको पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग २-१ ले पराजित भएको थियो ।
घरेलु टिम इस्तानबुल पनि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । इस्तानबुल पहिलो खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएको थियो ।
पीएसजी र इस्तानबुलले अंक जोड्न सकेको छैन ।
यसै समूहको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले लाइपजिगसँग प्रतिस्पर्धा गर्नेछ । युनाईटेडले लाइपजिगसँग घरेलु मैदानमा खेल्नेछ ।
पहिलो खेलमा पीएसजीलाई हराएको युनाईटेड लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
लाइपजिग पनि युनाईटेडलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
यस समूहमा ३ अंक जोडेको लाइपजिग शीर्ष र युनाईटेड दोस्रो स्थानमा रहेको छ ।