एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जिनोआलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
जिनोआको मैदानमा दोस्रो हाफमा दुई गोल गर्दै इन्टरले जित निकालेको हो ।
खेलको ६४ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा डानिलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसँगै इन्टरले ५ खेलमा १० अंक जोडेको छ । इन्टर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
जिनोआ ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा लाजियोले बोलोग्नालाई २-१ ले नै पराजित गरेको छ ।
लाजियोको जितमा लुइस अल्बेर्टो र सिरो इमोबाइलले एक एक गोल गरे ।
बोलोग्नाका लोरेन्जोले एक गोल फर्काए ।