एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा मोइस किन र केलियन एमबाप्पेले २/२ गोल गरे ।
खेलको तेस्रो मिनेटमा किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा किनले पीएसजीको अग्रता २-० को बनाए ।
खेलको ८२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।
जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ८ खेलमा १३ अंक जोडेको छ ।
डिजोन ८ खेक्मा २ अंक जोडेर पुछारमा रहेको छ ।