एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेपनि उत्कृष्ट पुनरागमन गर्दै लिभरपुलले जित निकालेको हो ।
एनफिल्डमा खेलको १३ औं मिनेटमा सानडर बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएका थिए ।
तर, ४१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले ६ खेलमा १३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
सेफिल्ड ६ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।