एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको खेल आज (बिहीबार) बाट सुरु हुँदैछ ।
युरोपा लिगको समूह चरणमा बिहीबार विभिन्न १२ समूहको २४ खेलहरु हुँदैछ ।
प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको पहिलो खेलमा अष्ट्रियन क्लब रापिड विएनसँग खेल्नेछ ।
समूह 'बी' मा रहेको आर्सनलले उसैको मैदानमा पहिलो खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:४० बजे सुरु हुनेछ ।
आर्सनल सुखद जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, घरेलु टोलीलाई हराउँन आर्सनललाई सहज भने छैन ।
इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा अष्ट्रियन क्लब एलएएसकेसँग प्रतिस्पर्धा गर्नेछ । समूह 'जे' को टोटेनहम र एलएएसकेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले युक्रेनी क्लब जोर्यासँग खेल्नेछ । समूह 'जी' को लेष्टर घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
इटालियन क्लब एसी मिलानले सेल्टिकसँग खेल्दै युरोपा लिगको सुरुवात गर्नेछ ।
अर्को इटालियन कलन नापोलीले एजे अल्क्मारसँग खेल्दा रोमाले योङ ब्वाइजसँग खेल्नेछ ।
स्पेनिस क्लब ग्रानडाले पिएसभीसँग खेल्दा रियल सोसिडाडले रिजिका तथा भिल्ला रियलले सिभास्पोरसँग खेल्नेछ ।