एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) लिड्स युनाईटेड र उल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
लिड्सले घरेलु मैदानमा उल्भ्सको सामना गर्नेछ । दुई टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बलियो टिम उल्भ्सविरुद्ध मैदानमा उत्रदा लिड्स तेस्रो जितको खोजीमा हुनेछ ।
लिड्स ४ खेलमा ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।
उल्भ्सलाई हराउँन सके लिड्स शीर्ष पाँचमा उक्लने छ ।
उल्भ्स पनि घरेलु टोलीलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।
उल्भ्स ४ खेलमा ६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ ।
वेस्ट ब्रुम ४ खेलमा १ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
बर्नली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।