एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज (बुधबार) रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले सिजनको तेस्रो खेलमा भालाडोलिटसँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति १:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल भालाडोलिटलाई हराएर सिजनको दोस्रो जित निकाल्न चाहन्छ । रियलले अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको थियो ।
रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा रियलले रियल बेटिसलाई ३-२ ले हराएको थियो ।
रियल २ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
भालाडोलिट भने पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला तीन खेलमा भालाडोलिटले २ बराबरी र १ हार व्यहोरेको थियो ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले हुएस्कासँग खेल्नेछ ।
यस्तै भिल्ला रियलले डिपोर्टिभो अलाभेस र आइबरले इल्चेसँग खेल्नेछ ।