एजेन्सी । लियोनल मेस्सीले लुईस सुआरेजलाई क्लब बाहिर पठाउने निर्णयमा प्रश्न उठाएका छन् ।
क्लबमै बस्ने मेस्सीको निर्णयले बार्सिलोनासंग अर्जेन्टिनी फरवार्डको विवाद अन्त्य भएको आँकलन गरिएको थियो । तर सुआरेजको बहिर्गमनले सिजन सुरु नहुदै क्लबमा पुन समस्या आउने संकेत देखिएको छ ।
सुआरेजलाई क्लब बाहिर पठाउने निर्णयमा मेस्सीले चर्को असन्तुष्टि जनाएका छन् ।
सुआरेजको बहिर्गनमा मेस्सीको सन्देशले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानका लागि खराब समाचार हुन सक्छ ।
सन् २०१९–२० को सिजनसको अन्त्यसंगै मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए । ६ पटकका वालेन डी ओर विजेताले क्लब छाड्न चाहेको बताएका थिए । तर क्लबले अनुमती नदिएपछि मेस्सीले बार्सिलोनामै बस्ने निर्णय लिए ।
क्विक सेटियनलाई स्थानान्तरण गर्दै बार्सिलोनाको कमाण्ड सम्हाल्न आईपुगेका रोनाल्डो कोम्यानले सुआरेजलाई आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न भनेका थिए ।
युभेन्टस जाने प्रयास असफल बनेपछि सुआरेज ला लिगा प्रतिद्धन्दी एट्लेटिको मड्रिडमा दुई बर्षका लागि अनुबन्धित भएका छन् ।
दक्षिण अमेरिकाका दुई फरवार्ड मेस्सी र सुआरेजले बार्सिलोनामा निकै सफल बर्ष बिताएका थिए ।
उरुग्वेका अन्तराष्ट्रिय खेलाडीको वहिर्गनमसंगै मेस्सीको फरवार्ड लाइनमा अब सुआरेज हुने छैनन् ।
‘मैले पहिल्यै यसको कल्पना गर्न सुरु गरेका थिए । जब म ड्रेसिङमा रुममा गए, वास्तवमा मेरो दिमागमा आएको थियो । मैदान र त्यो भन्दा बाहिर प्रत्येक दिन बाँड्न नपाउनु निकै कठिन हुनेछ ।’ अर्जेन्टिनी फरवार्डले भनेका छन् ।
मेस्सी, सुआरेज र ब्राजिली स्टार नेयमारले बार्सिलोनामा निकै सफल सिजन बताएका थिए । ला लिगादेखि च्याम्पियन्स लिगसम्म तीन फरवार्डको जोडी निकै सफल देखिएको थियो ।
‘हामी तिमलाई धेरै याद गर्नेछौ । हामीले धेरै बर्ष साथमा बितायौं । संगै बसेर धेरै पटक खाना खाएका छौ । यति धेरै कुरा हामी भुल्ने छैनौ । प्रत्येक समय हामीले साथ बिताएका छौ ।’ उनले भने ।
‘तिमलाई अर्को जर्सीमा देख्न अजिब हुनेछ, अझ मैदानमा तिम्रोबिरुद्ध आउन त्यो भन्दा धेरै हुनेछ । तिमी एक बिदाईको हकदार थियौं, जो तिमीसंग फिट गर्छ । तिमी क्लबको ईतिहासमा सबैभन्दा महत्वपूर्ण खेलाडी मध्य एक हौ । जसले ब्यक्तिगत र क्लबका लागि महान चिज हासिल गरेका छौ ।’ मेस्सीले भनेका छन् ।
‘तिमी उनीहरुका लायक थिएनौ, जसरी उनीहरुले तिमलाई बाहिर फाले । तर साँचो यही हो, मलाई कुनै आश्चार्य भएको छैन ।’ मेस्सीले भने ।
बार्सिलोनाका लागि सुआरेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । जुन मेस्सी पछि धेरै गोल हो ।
दुवैको सहकर्यमा बार्सिलोनाले युरोपका महत्वपूर्ण उपाधि हात पारेको थियो ।
सुआरेजले भावुुक बिदाई लिदै कोम्यानको असन्तुष्टिमा कुनै आश्चार्य कुरा नभएको बताएका थिए ।
सुआरेजको बहिर्गमनलाई लिएर थुप्रैले आलोचना गरेका छन् । मेस्सी सहित ठुला नामहरु यस निर्णयबाट असन्तुष्ट छन् ।
अर्का पूर्व फरवार्ड जसले दुवैसंग अग्रपङ्तीमा रहेर खेलेका थिए, नेयमारले भने, ‘उनले चिजहरु कति अविश्वसनीय रुपमा गर्दथे ।’