एजेन्सी । उरुग्वेका फरवार्ड लुइस सुआरेजले ला लिगा क्लब एट्लेटिको मड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाबाट क्लब आएका सुआरेजलाई एट्लेटिकोले ९ नम्बरको जर्सी दिएको हो ।
गत सिजन अल्भारो मोराटाले ९ नम्बरको जर्सी लगाएका थिए । तर, यसै समर ट्रान्सफरमा मोराटा इटालियन क्लब युभेन्ट्स गएका छन् ।
एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर ३३ वर्षीय सुआरेजलाई क्लब भित्र्याएको हो ।
क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।
सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका छन् ।
सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि सुआरेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । यस्तै १ सय ९ असिस्ट गरेका थिए ।
सुआरेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् ।
सुआरेज बार्सिलोनामा रहदा चार पटक ला लिगा, चार कोपा डेल रे, एक यूईएफए सुपर कप, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकप जितेका छन् ।