एजेन्सी । उरुग्वेका फरवार्ड लुइस सुआरेजले ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।
सुआरेजलाई एट्लेटिको मड्रिडले प्रतिद्वन्दी क्लब बार्सिलोनाबाट अनुबन्धन गरेको हो ।
एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर ३३ वर्षीय सुआरेजलाई क्लब भित्र्याएको हो ।
क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।
सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका छन् ।
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्धको नजिक पुगेका सुआरेजले ला लिगा क्लबमै अनुबन्धित भएका हुन् ।
नागरिकताको समस्याको कारण सुआरेज इटाली जान असमर्थ भएका हुन् ।
सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि सुआरेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । यस्तै १ सय ९ असिस्ट गरेका थिए ।
सुआरेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् ।
सुआरेज बार्सिलोनामा रहदा चार पटक ला लिगा, चार कोपा डेल रे, एक यूईएफए सुपर कप, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकप जितेका छन् ।