एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ ।
सेप्टेम्बर १३ मा भएको लिग वान अन्तर्गत मार्सेबिरुद्धको खेलमा खराब व्यवहार प्रर्दशन गरेको भन्दै डी मारियालाई चार खेलको प्रतिबन्ध लगाईएको हो ।
डी मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लगाईएको थियो । सो खेलमा नेयमार सहित ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
नयाँ सिजन सुरु हुनु अघि डी मारिया सहित पीएसजीका ७ खेलाडीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
लिगले डी मारियाको प्रतिबन्धमा थुकेको बिषय उल्लेख गरेको छैन ।
म्यान्चेष्टर युनाईटेडका पूर्व मिडफिल्डर डी मारिया कोरोनाबाट पार पाउँदै लिग वानको नयाँ सिजनमा फर्किएका थिए ।
भिडियो सहायक रेफ्रीले गोन्जालेजसंग भएको घटनामा डी मारियालाई कारबाही गरेका थिएनन् । सो खेलमा पीएसजी १–० ले पराजित बनेको थियो ।
पीएसजीका नेयमार सहित लियान्ड्रो परदेस, लेभिन कुर्जावा तथा मार्सेका जोर्डन अमावी र डारियो बेनेडेटो सबै खेलाडीले रातो कार्ड ब्यहोरेका थिए ।
मैदानबाट निस्कने क्रममा नेयमारले आफुमाथि नश्लिय दुव्र्यवहार भएको आरोप लगाएका थिए । तर डिफेन्डर गोन्जालेजले आरोपको खण्डन गर्दै आएका छन् ।