एजेन्सी । युवा फरवार्ड अंशु फाती आधिकारिक रुपमा बार्सिलोनाको 'फस्ट टिम' मा आबद्द भएका छन् ।
बार्सिलोनाले बुधबार फाती आधिकारिक रुपमा क्लबको पहिलो रोजाईको टिममा आबद्द भएको जनाएको छ ।
क्लबको 'फस्ट टिम' मा आबद्द भएसँगै बार्सिलोनाले फातीको रिलिज क्लउज तोकेको छ ।
बार्सिलोनाले फातीको रिलिज क्लउज ४ सय मिलियन युरो भएको जनाएको छ ।
यस्तै बार्सिलोनाले १७ वर्षीय फरवार्डले २२ नम्बर जर्सी लगाउने समेत जनाएको छ ।
यस अघि अर्टुरो भिडालले २२ नम्बरको जर्सी लगाएका थिए । तर, भिडाल बार्सिलोनाबाट इन्टर मिलानमा अनुबन्धित भईसकेका छन् ।
फातीले बार्सिलोनाको सिनियर टिमबाट भने गत सिजन नै डेब्यु गरिसकेका छन् ।
गत वर्षको अगस्टमा सिनियर टिममा डेब्यु गरेका उनले ३३ खेलमा ८ गोल गरेका थिए ।
यस्तै फातीले क्लबसँग नयाँ सम्झौता समेत गरेका छन् ।
सम्झौतासँगै उनी २०२४ सम्म बार्सिलोनामा रहने छन् ।