एजेन्सी । लिभरपुलसँग मुख्य तीन फरवार्ड छन् । साडियो माने, रोबर्टो फिर्मिन्हो र मोहमद सलाह । तीनै जनामा गोल गर्ने विशिष्ट क्षमता छ । उनीहरु क्लब फुटबलमा विश्वका उत्कृष्ट फिनिसर मानिन्छन् ।
लिभरपुललाई सन् २०१८–१९ मा च्याम्पियन्स लिग र २०१९–२० को प्रिमियर लिगको उपाधि जिताउन तीन फरवार्डले मुख्य भूमिका खेले । हाल विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीको कहरले खेल क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनाएको छ ।
त्यसैको सन् २०२०÷२१ को प्रियिमर लिग र च्याम्पियन्स लिगको खेल तालिका निकै प्रभावित बनेको छ । जसले गर्दा खेलहरु ढिला सुरु हुने र चाँडो सकिने भएका छन् ।
त्यसैले लिभरपुललाई तीन फरवार्ड मध्य कुनै एक खेलाडी उपलब्ध नहुने अवस्था बनेको खण्डमा चौथो आक्रमक खेलाडी चाहिन्छ । एनफिल्ड क्लबमा डिभोक ओरिगीले यो भूमिका निर्वाह गर्दै आएका छन् ।
यद्धपी टिममा ओरिगी मैदानमा रहदाँ लिभरपुललाई गोल गर्न निकै कठिन हुदै आएको छ । यही समस्याको समाधान गर्न वुल्भ्सका डियोगो जोटा एनफिल्ड क्लब आबद्ध भएका छन् ।
माने र सलाह लिभरपुलमा आबद्ध हुदाँको उमेर र जोटाको उमेर लगभग बराबर छ । लिभरपुलको आक्रमण मैदानको मध्य भाग भन्दा दाँया र बायाँतर्फबाट तिव्र गतिमा माने र सलाहले गर्ने गरेका छन् । नयाँ खेलाडी जोटा पनि यो क्षमता राख्छन् । उल्भ्समा जोटाले रोबर्टों फिर्मिन्हो जस्तो मुख्य फरवार्डको भूमिका निर्वाह गरेका थिए ।
मुख्य तीन फरवार्ड उपलब्ध नभएमा चौथो खेलाडीको रुपमा लिभरपुलको आक्रमण लाइन सम्हाल्न जोटो सक्षम देखिन्छन् । उनलाई मिडफिल्डरको रुपमा रुपमा उपयोग गरेर आक्रमणलाई अझ तेज बनाउने विकल्प समेत मुख्य प्रशिक्षक योर्गेन क्लोपसंग रहने छ ।
जोटाको प्रिमियर लिगमा उल्भ्सबाट खेल्दाको तथ्याङ्ग हेर्दा उनी प्रत्येक ९० मिनेटमा ० दशमलव ३४ नन पेनाल्टी गोल र ० दशमलव १३ असिस्टका साथै प्रत्येक ९० मिनेटमा ० दशमलव ४७ गोल असिस्ट गरेको देखिन्छ । तथ्याङ्गकले उनी निकै प्रभावशाली आक्रमक खेलाडी रहेको पुष्टि गर्छ । उनले प्रत्येक ९० मिनेटमा २ सट हान्ने गरेका छन्, उनले खेलमा गुणस्तरीय सट मात्र प्रहार गरेको देखिन्छ ।
उनले प्रिमियर लिगको १ सय ३१ खेलमा ४४ गोल गरेका छन् । खेलाडीको रुपमा २४ देखि २९ वर्षको उमेरलाई फुटबलमा करियरको उत्कृष्ट समयको रुपमा लिइन्छ । जोटा हाल २३ वर्षमात्र भएका छन् । उनको स्वर्णीम समय अझ नजिकिदै छ ।
उल्भ्समा जस्तो प्रर्दशन कायम राखेको खण्डमा प्रशिक्षक योर्गेन क्लोपले उनको खेललाई अझ तिखार्दै माने, फिर्मिन्हो र सालाह बराबरको खेलाडी बनाउन सक्नेछन् । उनले आफुलाई विश्वका उत्कृष्ट फिनिसरको रुपमा आफुलाई स्थापित गर्न सक्छन् ।