एजेन्सी । प्रिमियर लिग क्लब उल्भरह्याम्पटनले पोर्चुगिज डिफेन्डर नेल्सन सेमिडोलाई अनुबन्धित गरेको छ ।
उल्भ्सले राइट ब्याक सोमिडेलाई स्पेनिस क्लब बार्सिलोनाबाट अनुबन्धन गरेको हो ।
२६ वर्षीय डिफेन्डरले उल्भ्ससँग ३ वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनामा तीन सिजन बिताएर सोमिडे प्रिमियर लिग क्लब आएका हुन् ।
उनी सन् २०१७ मा बेन्फिकाबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि उनले १ सय २४ खेल खेलेका थिए ।
बार्सिलोनाका लागि उनले २ पटक ला लिगा र कोपा डेल रे जितेका थिए । गत सिजन उनले ४२ खेल खेलेका थिए ।
उनले पोर्चुगलका लागि १३ खेल खेलेका छन् ।
सोमिडे उल्भ्समा आबद्द हुने १० औं पोर्चुगिज खेलाडी हुन् ।