एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा पर्मालाई २-० गोल अन्तरले पराजित गर्दै नापोलीले सुखद सुरुवात गरेको हो ।
पर्माको मैदानमा भएको खेलमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र लोरेन्जो इनसाइनेले एक एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
जितसँगै नापोलीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । नापोली तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पर्माले भने हारबाट सिजनको सुरुवात गरेको छ ।