एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज (आइतबार) साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्स यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ ।
तर, साम्पडोरियाविरुद्धको पहिलो खेलमा युभेन्ट्सलाई जित निकाल्न सहज भने हुने छैन ।
साम्पडोरिया समेत सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा नापोलीले पर्मासँग खेल्नेछ ।
पर्माविरुद्ध मैदान उत्रदा नापोली समेत सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै जिनोआले कोर्टोन र सासोउलोले काग्लियारीसँग खेल्नेछ ।