एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लियोन पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा लियोन मोन्टपेलीएसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा ३८ औं मिनेटमा टेजी साभानियरको गोलबाट मोन्टपेलीएले सुरुवाती अग्रता बनाएको थियो ।
४४ औं मिनेटमा हौसेम आउरले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लियोन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलको ५९ औं मिनेटमा साभानियरले व्यक्तिगत दोस्रो गोल गर्दै मोन्टपेलीएलाई २-० को अग्रता दिलाए ।
८१ औं मिनेटमा हिल्टन रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोलि पनि १० खेलाडीमा समेटियो ।
हिल्टनले नै रायनलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि लियोनले पेनाल्टीको अवसर पायो ।
८२ औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई २-१ को स्थितिमा ल्याए ।
तर, त्यसपछि थप गोल फर्काउन नसक्दा लियोन पराजित भयो ।
लियोनको यो सिजनको पहिलो हार हो । अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेको थियो ।
लियोनको ३ खेलमा ४ अंक रहेको छ ।
मोन्टपेलीएको यो दोस्रो जित हो । ३ खेलमा मोन्टपेलीएको ६ अंक रहेको छ ।