काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमका ३३ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमबार र मंगलबार परिक्षण गरिएका ३४ खेलाडी मध्ये ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
एन्फाले एक खेलाडीको भने पुन:परिक्षण गर्नु पर्ने जनाएको छ ।
यस्तै एन्फाले परिक्षण गरिएका खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
कोरोना परिक्षण गरिएको ५४ मध्ये ५३ एन्फाले जनाएको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परिक्षण गराएको थियो ।
तर, टिमको प्रशिक्षण सुरु नभई स्थगित भएको हो ।
एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने मिति तय थियो ।
एएफसीले उक्त बाँकी खेल सन् २०२१ मा गराउने जनाएको छ । तर, एएफसीले नयाँ मिति भने तोकेको छैन ।
समूह 'बी' मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।