एजेन्सी । इंग्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले स्पेनिस क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकको प्रस्ताव अस्विकार गरेका छन् ।
फ्रेन्च अनलाईन लि १० स्पोर्ट्सले वेंगरले प्रशिक्षक बन्नका लागि गरेको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको जनाएको छ ।
मुख्य प्रशिक्षक क्वेक सेटिनको स्थानमा वेंगरलाई ल्याउने योजनासहित बार्सिलोनाले प्रस्ताव गरेको तर प्रस्तावलाई वेंगरले अस्विकार गरेको बताईएको छ ।
सेटिनको नेतृत्वमा क्लबले खराब प्रदर्शन गरिरहेपछि बार्सिलोनाले नयाँ प्रशिक्षकको रुपमा वेंगरलाई ल्याउने तयारी गरेको थियो ।
सेटिनको नेतृत्वमा बार्सिलोना यस सिजन ला लिगाको उपाधि जित्न असफल भएको थियो ।
२२ वर्ष आर्सनलको मुख्य प्रशिक्षक रहेका वेंगरले सन् २०१७/१८ को सिजन सकिएपछि क्लब छाडेका थिए ।
त्यसयता उनी फुटबल पण्डितको रुपमा काम गर्दै आईरहेका छन् ।
यस्तै उनी फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखको रुपमा समेत काम गरिरहेका छन् ।