एजेन्सी । इंग्लिस क्लब लिभरपुलले डिफेन्डर कोस्टास सिमिकासलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले ग्रिसको ओलम्पियाकोजबाट लेफ्ट ब्याक कोस्टासलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय कोस्टासले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
ग्रिसका डिफेन्डर कोस्टासलाई ११.५ मिलियन पाउण्डमा लिभरपुलले अनुबन्ध गरेको हो ।
'म धेरै खुशी छु र लिभरपुल हुन पाउदा मलाई गर्व लागेको छ,' सम्झौतापछि उनले भनेका छन् ।
गत सिजन ओलम्पियाकोजले ग्रिसको लिग जित्दा उनले २७ खेल खेलेका थिए ।