एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर एन्जल गोमेसलाई फ्रान्सेली क्लब लिलले अनुबन्ध गरेको छ ।
लिग वान क्लब लिलले आइतबार गोमेस अनुबन्ध गरेको जनाएको छ ।
इंग्ल्यान्डका युवा खेलाडी गोमेसले लिलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
इंग्ल्यान्ड यू-२० टोलीका सदस्य गोमेसले जुलाईमा युनाइटेड छाडेका थिए ।
पाँच वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका गोमेसले सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
क्लबमा अनुबन्ध भएसँगै लिलले गोमेसलाई पोर्चुगिज क्लब बोआभिस्टामा एक सिजनको लागि लोनमा पठाएको छ ।