एजेन्सी । युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोनले टिमको मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बधाई दिएका छन् ।
बुफोनले सामाजिक संजाल इन्स्टाग्रामबाट इटाली र युभेन्ट्सका पूर्व सहकर्मी समेत रहेका पिर्लोलाई बधाई तथा शुभकामना दिएका हुन् ।
इटालियन सिरी 'ए' च्याम्पियन युभेन्ट्सले शनिबार इटालियन लेजेण्ड तथा पूर्व मिडफिल्डर पिर्लो मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
पिर्लोले युभेन्ट्ससँग २ वर्षको सम्झौता गरेका छन् ।
बुफोनले पिर्लोसँग इटाली र युभेन्ट्सबाट सँगै खेलेका छन् । क्लब फुटबल अझै सक्रिय बुफोन पिर्लो भन्दा एक वर्ष कान्छा छन् ।
मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सारीलाई बर्खास्त गरेको थियो ।
पहिलो लेगमा १-० को जित निकालेको लियोन समग्रमा २-२ को बराबरी भएपछि 'अवे गोल' को आधारमा अन्तिम आठमा पुगेको थियो ।
युभेन्ट्सले गत साता मात्र पिर्लोलाई यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
४१ वर्षीय पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका हुन् । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।
सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।