एजेन्सी । इंग्लिस क्लब बर्नेमाउथको मुख्य प्रशिक्षकमा जासन टिनडल नियुक्त भएका छन् ।
मुख्य प्रशिक्षक एडी होवेले क्लब छाडेपछि बर्नेमाउथले जासनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
बर्नेमाउथ प्रिमियर लिगबाट रेलिगेसनमा परेपछि मुख्य प्रशिक्षक होवेले क्लब छाडेका थिए ।
बर्नेमाउथका पूर्व खेलाडी समेत रहेका जासनले तीन वर्षको सम्झौता गरेका छन् । ४२ वर्षीय जासनले बर्नेमाउथका लागि १ सय ९९ खेल खेलेका थिए ।
'एक महान फुटबल क्लबको प्रशिक्षक बन्न पाउदा सम्मानित भएको महसुस गरेको छु,' जासनले भनेका छन्, 'च्याम्पियनसिप किने कठिन लिग हो । तर, क्लबलाई प्रिमियर लिगमा फर्काउने कोशिस गर्नेछु ।'
बर्नेमाउथले आगामी सिजन दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्नेछ ।