एजेन्सी । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सारीलाई बर्खास्त गरेको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शुक्रबार राति फ्रेन्च क्लब लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्ट्स बाहिरिएको थियो ।
पहिलो लेगमा १-० को जित निकालेको लियोन समग्रमा २-२ को बराबरी भएपछि 'अवे गोल' को आधारमा अन्तिम आठमा पुगेको थियो ।
इटालियन प्रशिक्षक सारी सन् २०१९ मा युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनले यस सिजन युभेन्ट्सलाई सिरी 'ए' को उपाधि दिलाएका थिए ।
तर, च्याम्पियन्स लिगमा टिम चुकेपछि सारी बर्खास्तमा परेका हुन् ।
युभेन्ट्स आउनु अघि ६१ वर्षीय प्रशिक्षकले चेल्सी र नापोलीको टिम सम्हालेका थिए ।