एजेन्सी । युरोपा लिग फुटबलमा आज (बिहीबार) विभिन्न चार खेलहरु हुँदैछ ।
युरोपा लिगको अन्तिम १६ अन्तर्गत हुने चार खेलमा सेभिया, रोमा, वुल्भ्स, लेवरकुसेन, बसेल, फ्रान्कफुर्ट लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
स्पेनिस क्लब सेभियाले इटालियन क्लब रोमासँग खेल्नेछ ।
युरोपा लिगमा सर्वाधिक सफल टिम सेभिया इटालियन क्लबलाई हराएर अन्तिम आठको यात्रा तय गर्न चाहन्छ ।
यस्तै रोमा समेत सेभियालाई स्तब्ध बनाएर अन्तिम आठमा पुग्ने चाहन्छ ।
जर्मन क्लब बायर लेवरकुसेनले रेन्जर्ससँग खेल्नेछ । तुलनात्मक सहज टिम रेन्जर्सविरुद्ध लेवरकुसेन सहज जितको खोजीमा हुनेछ ।
पहिलो लेगमा लेवरकुसेनले रेन्जर्सविरुद्ध ३-१ को अग्रता बनाएको छ । जसको कारण समेत लेवरकुसेन क्वाटरफाइनलमा पुग्नेमा ढुक्क रहेको छ ।
इंग्लिस क्लब वुल्भ्सले ओलम्पिकाओससँग खेल्नेछ । दुवै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यमा हुने छन् ।
पहिलो लेगमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै बेल्जियमको बसेलले जर्मनीको फ्रान्कफुर्टसँग खेल्नेछ । पहिलो लेगमा बसेल ३-० ले अघि रहेको छ ।