एजेन्सी । ईन्टर मिलानले म्यान्चेष्टर युनाईटेडका फरवार्ड एलेक्सिस साञ्चेजलाई स्थायी रुपमा क्लबमा अनुबन्धन गर्न तयार देखिएको छ ।
उसले केही समयमै साञ्चेज ईन्टर आउने विषयको टुङ्गो लाग्ने दाबी गरेको छ ।
३१ वर्षीय चिलीका फरवार्डलाई ईन्टरले सन् २०१९ को अगष्टमा लोनमा अनुबन्धन गरेको थियो ।
साञ्चेजले पछिल्लो एक वर्ष सबै प्रतियोगितामा २९ खेलमा चार गोल मात्र गरेका छन् ।
बुधबार राति गेटाफेलाई पराजित गरेपछि जर्मनीमा हुने युरोपा लिगको अन्तिम ८ को खेलमा साञ्चेज उपलब्ध हुने आशा ईन्टरले गरेको छ ।
‘हामी सम्झौतामा सहमत भएका छौ ।’ युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले युरोपा लिगको क्वार्टरफाईनलमा पुगेपछि भनेका छन् ।
‘उनी त्यहाँ राम्रो समय बिताईरहेका छन् । उनी राम्रा खलाडी हुन् । तर जे कारण भएपनि हामीले त्यो देख्न पाएनौ । उनी उत्कृष्ट ब्यवसायीक खेलाडी हुन् । हामी उनको सुखद करियरको कामना गर्न चाहन्छौ ।’ सोल्सायरले भने ।
दुई क्लबबीच भएको सम्झौताको बिषय गोप्य राखिएको छ । तर युनाईटेडले साञ्चेज बेच्ने बिषयमा राम्रो मुल्य पाएको अनुमान गरिएको छ ।
साञ्चेज सन् २०१८ मा आर्सनलबाट युनाईटेड आएको थिए । तर युनाईटेडका लागि उनले ४५ खेलमा मात्र ५ गोल गरे ।