एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले विंगर जाडोन सान्चो अनुबन्धका लागि म्यानचेस्टर युनाइटेडलाई डेडलाइन तोकेको छ ।
इंग्लिस फरवार्ड सान्चो अनुबन्धका लागि डर्टमण्डले युनाइटेडलाई अगस्ट १० सम्मको मिति तोकेको छ ।
नयाँ सिजनका लागि प्रशिक्षण प्रभावित हुने भएपछि डर्टमण्डले डेडलाइन तोकेको हो ।
युनाइटेडले यस समरमा सान्चो अनुबन्धका लागि सर्वाधिक चासो देखाएको छ । तर, डर्टमण्डले मोटो रकमको चाहना गरेपछि युनाइटेड सान्चो अनुबन्ध गर्न सकिरहेको छैन ।
२० वर्षे विंगरका लागि डर्टमण्डले १०० मिलियन डलर भन्दा बढीको अपेक्षा गरेको छ ।
बुन्डेसलिगामा यस सिजन सान्चोले ३२ खेलमा १७ गोल गरेका थिए ।