एजेन्सी । नेयमारलाई पुन हस्ताक्षर गर्नु अव्यवहारिक हुने बार्सिलोनाले जनाएको छ ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले वर्तमान आर्थिक अवस्थाका कारण नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट पुन क्लबमा हस्ताक्षर गर्नु व्यवहारिक नहुने बताएका हुन् ।
उनले ईन्टर मिलानका फरवार्ड लोरेन्टो मार्टिनेजलाई समेत अनुबन्धन गर्न गाह्रो हुने बताए ।
बर्टोमेउले बार्सिलोनाले मार्च र जुनमा अपेक्षा भन्दा निकै कम २ सय मिलियन युरो कोरोनाका कारण गुमाएको बताएका छन् ।
‘युरोपका सबै ठुला क्लब प्रभावित छन् । यो मात्र अन्तिम बर्ष हैन । अझै तीन वा चार बर्ष जान सक्छ ।’ उनले भनेका छन् ।
ब्राजिलियन फरवार्ड सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए । उनलाई पुन अनुबन्धन गर्न बार्सिलोनाले प्रयास गरिरहेको छ ।
‘नेयमार ? यस्तो अवस्थामा । यो अव्यवहारिक छ ।’ बर्टोमेउले भने, ‘न पीएसजीले उनलाई बेच्न चाहन्छ ।’
‘बार्सिलोनाले लौटाराको बिषयमा ईन्टरसंग कुराकानी गरेको छ । तर कुराकानी रोकिएको छ । ठुलो लगानी गर्ने अवस्था छैन ।’ उनले भनेका छन् ।
उनले मार्च र जुनको बीचमा २ सय मिलियन युरो नोक्सान ब्यहोरेको बताएका छन् ।
’यदी अवस्था यस्तै रह्यो भने दर्शक हुने छैनन्, संग्राहलय खुल्ने छैन । स्टोर खुल्ने छैन । र अझ धेरै नोक्सानी भोग्नु पर्नेछ ।’ उनले भने ।
‘यसले ब्यवस्थापनलाई अझ कठिन हुन बाध्यता सिर्जना गर्नेछ । हामीलाई समिक्षा गर्न आवश्यक छ, कुन लगानी महत्वपूर्ण छ, कुन लगानी पर्खन पर्नेछ ।’ उनले भने ।