एजेन्सी । इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले एफए कपको फाइनलमा चेल्सीविरुद्धको जित आफ्नो करियरकै उत्कृष्ट क्षण भएको बताएका छन् ।
वेम्बलीमा चेल्सीलाई हराएर टोलीलाई उपाधि दिलाएपछि अर्टेटाले उपाधि जित्दाको क्षण करियरकै उत्कृष्ट भएको बताएका हुन् ।
शनिबार राति भएको खेलमा चेल्सीलाई २-१ ले हराएर आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।
'हामीले के प्राप्त गर्यौं । र, म साँच्चिकै गर्व गर्दछु किनकि मलाई समस्याहरू र हामीले भोगेका सबै कुरा थाहा छ,' अर्टेटाले भने, ' मेरो लागि व्यक्तिगत रुपमा पछिल्लो ६ महिना कठिन भयो । तर मसँग मिसन थियो । त्यसलाई खेलाडी र स्टाफले विश्वास गरे ।'
र्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे ।
निकै रोमान्चक बनेको फाइनलमा एक गोलको अग्रता उल्टाएर आर्सनलले उपाधि चुमेको हो ।
अर्टेटाको टिम आर्सनलको यो सिजनको पहिलो उपाधि समेत हो । प्रिमियर लिगमा खराब प्रदर्शन गरेपनि अर्टेटाले टोलीलाई एफए कप जिताउन सफल भए ।
त्यस्तै अर्टेटाले आर्सनलका लागि खेलाडी र प्रशिक्षकको रुपमा समेत एफए कप जित्न सफल भएका छन् ।