एजेन्सी । कम्युनिटी शिल्डको उपाधिका लागि लिभरपुल र आर्सनल भिड्ने भएका छन् ।
शनिबार राति लण्डन क्लब आर्सनलले एफए कपको उपाधि उचालेसंगै कम्युनिटी शिल्डको फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो ।
लिग विजेता लिभरपुलले यसअघिनै कम्युनिटी शिल्डको फाइनल खेल्ने पक्का गरिसकेको छ । आर्सनलले समेत लण्डन डर्बीमा चेल्सीलाई २–१ ले हराउँदै प्रतियोगिता खेल्ने निश्चित गरेको हो ।
प्रतियोगिता अगष्ट २९ मा खेलिने तय भएको छ ।
कन्युनिटी शिल्ड ईङ्लिस फुटबलको वार्षिक कार्यक्रम हो । वेम्बली हुने प्रतियोगितामा लिग विजेता र एफए कपको विजेता मैदान उत्रने गर्छन् ।
प्रिमियर लिग विजेताले एफए कप जितेको खण्डमा लिग उपविजेताले कम्युनिटी शिल्डमा सहभागीताको मौका पाउने गर्छ ।
म्यान्चेष्टर युनाईटेड कम्युनिटी शिल्डको सर्वाधिक सफल टिम हो । उसले २१ पटक ट्रफी जितेको छ ।