एजेन्सी । ह्यारी केनको दुई तथा सन ह्युङ मिनको एक गोलको सहयोगमा टोटेनहमले न्युक्यासल युनाईटेडमाथि ३–१ को जित निकालेको छ ।
बुधबार राति न्युक्यासलको मैदानमा टोटेनहमले सहज जित दर्ता गरेको हो ।
२७ औं मिनेटमा टोटेनहमले सनको गोलमा अग्रता बनाएको थियो । ५६ औं मिनेटमा माट रिचीले खेल बराबरीमा ल्याएका थिए ।
ह्यारी केनले ६० औं मिनेटमा टोटेनहमलाई अघि बढाएका थिए । खेलको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै केनले टोटेनहमलाई ३–१ को जित दिलाए ।
केनले टोटेनहममा २ सय गोलको आँकडा पार गरे ।
पछिल्लो जितले टोटेनहम लिगको सातौं स्थानमा उक्लिएको छ । र युरोपा लिग छनोटकाे आशा जगाएको छ ।
सातौं स्थानको टोटेनहमले ५५ अंक जोडेको छ । न्युक्यासल ४३ अंक सहित १३ औं स्थानमा छ ।