एजेन्सी । सन् २०२०/२१ को सिजन पनि फुटबल खेलको दौरान पाँच खेलाडी (सब्सिच्युड) परिवर्तन गर्न पाईने भएको छ ।
फुटबलको खेलको नियम निर्माण गर्ने निकाय इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले आगामी सिजन पनि पाँच खेलाडी परिवर्तन गर्न दिने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण लामो समय रोकिएको फुटबल सुचारुपछि आईएफएबीले सिजनको अन्त्यसम्मको लागि एकै खेलमा ५ खेलाडी परिवर्तन पाउने नियम बनाएको थियो ।
आईएफएबीले उक्त नियमलाई थप एक वर्ष थप गरेको हो ।
यस अघि हरेक टिमले तीन खेलाडी परिवर्तन गर्न पाउने नियम रहेको थियो ।