एजेन्सी । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबल नोभेम्बर २१ बाट सुरु हुने भएको छ ।
फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै नोभेम्बर २१ बाट विश्वकप सुरु हुने जनाएको छ ।
उद्घाटन खेल अल बयट स्टेडियममा हुनेछ ।
यस्तै विश्वकपको फाइनल लुसेल स्टेडियममा डिसेम्बर १८ मा हुने जनाएको छ ।
समूह चरणको हरेक दिन ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनमा सकिने छ ।
विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, कतार विश्वकप भने जाडो मौषममा आयोजना हुनेछ ।
जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।
खेल तालिका -