एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको दुई वर्षे प्रतिबन्ध फुकुवा भएको छ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको हो ।
युरोपियन फुटबल महासंघ (यूईएफएले) ले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
सन् २०१२ देखि १६ सम्म यूईएफएको फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
तर, सिटीको अपिलपछि कासले सोमबार सुनुवाई गर्दै यूईएफएको निर्णय उल्टाएको हो ।
फुकुवासँगै सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएको छ ।
यस्तै सिटीको जरिवाना समेत कम भएको छ । सिटीले अब १० मिलियन युरो जरिवाना तिर्नु पर्नेछ ।
यस अघि सिटीलाई ३० मिलियन जरिवाना तोकिएको थियो ।