एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाइटेड सहज जित जित निकाल्ने योजनामा हुनेछ । तर, बलियो मानिने साउथह्याम्पटनविरुद्ध जित निकाल्न युनाइटेडलाई कठिन भने हुनेछ ।
शीर्ष चारको लागि संघर्ष गरिरहेको युनाइटेडका लागि यस खेल महत्वपूर्ण रहेको छ । साउथह्याम्पटनलाई पराजित गरेमा युनाइटेड तेस्रो स्थानमा उक्लनेछ ।
पाँचौं स्थानको युनाइटेडले ५८ अंक जोडेको छ । घरेलु मैदानमा ३ अंक हासिल गरेमा युनाइटेडले चेल्सी र लेष्टर सिटीलाई पछि पार्नेछ ।
तेस्रो स्थानको चेल्सीको ६० अंक रहेको छ । यस्तै चौंथो स्थानको लेष्टर ५९ अंक रहेको छ ।
घरेलु मैदानमा युनाइटेड अघिल्ला खेलको नतिजालाई कायम राख्न चाहन्छ । मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले एस्टनसँग खेलेकै टिमलाई मैदान उतार्ने बताएका छन् ।
यता, साउथह्याम्पटन पनि युनाइटेडलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्न चाहन्छ । साउथह्याम्पटन ४४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।