एजेन्सी । क्रिस्टल प्यालेसका फरवार्ड विलफ्रेड जाहालाई रंगभेदीय दुर्व्यवहार गर्ने एक १२ वर्षीय बालक पक्राउ परेका छन् ।
सामाजिक संजालमा जाहालाई रंगभेदीय सन्देश पठाएपछि प्रहरीले १२ वर्षे बालकलाई पक्राउ गरेको हो ।
प्रिमियर लिग अन्तर्गत आइतबार एस्टन भिल्लासँग २-० ले पराजित भएपछि उक्त बालकले जाहालाई अपमानजनक सन्देशहरु पठाएको बताईएको छ ।
'एक फुटबलरलाई पठाईएको रंगभेदी सन्देश जाँच गरेरे एक केटालाई पक्राउ गरेका छौँ । १२ वर्षीय केटोलाई हिरासतमा राखिएको छ । रंगभेदीय भेदभाव असह्य हुनेछ,' प्रहरीको विज्ञप्तिमा भनिएको छ ।
विश्वभर रंगभेदविरुद्धको आवाज उठिरहेको समय आइभरी कोस्टका फरवार्डलाई दुर्व्यवहार भएको हो ।
हाल विश्वभर गभेदविरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन चलिरहेको छ ।
अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंगभेदी व्यवहारविरुद्धको आन्दोलन सुरु भएको थियो । जसमा खेलाडीहरुले समेत समर्थन गरिरहेका छन् ।