एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्धको सुनुवाई आज (सोमबार) हुँदैछ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबार गर्न लागेको हो ।
युरोपियन फुटबल महासंघले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो ।
प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।
कासले सिटीको २ वर्षे प्रतिबन्ध र जरिवाना मध्ये एक फुकुवा गर्न सकने बताईएको छ ।