एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोली र इन्टर एसी मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा नापोली र मिलानले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
नापोलीको मैदानमा २० औं मिनेटमा थेओ हर्नान्डेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा जिओभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६० औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ७३ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ८८ औं मिनेटमा मिलानका एलेक्सिसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मिलान अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसँगै छैटौं स्थानको नापोलीले ५२ अंक जोडेको छ । सातौं स्थानको मिलानको ५० अंक रहेको छ ।