एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सेभियाले मालोर्कालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लुकास ओकाम्पोसले ४१ औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।
जितसँगै चौंथो स्थानको सेभियाले ३६ खेलमा ६६ अंक जोडेको छ । र, तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।
३२ अंक जोडेको मालोर्का पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
ला लिगाको अन्य खेलमा लेगानेसले भ्यालेन्सियालाई १-० ले हराएको छ ।
एथ्लेटिक बिल्बाओले लेभान्टेलाई २-१ ले पराजित गर्दा इबरले स्पानियोललाई २-० ले हराएको छ ।