एजेन्सी । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले गोलकिपर डभिड डी गियालाई ब्यक्तिगत उपलब्धी हासिल गर्न उपाधि आवश्यक रहेको बताएका छन् ।
सोमबार साउथह्याम्टनबिरुद्ध खेल्दै डी गिया युनाइेडका लागि ४ सय खेल खेल्ने सर्वाधिक दोस्रो गोलकिपर बन्दैछन् । डी गिया भन्दा एलेक्स स्टेपनी युनाईटेडबाट सबैभन्दा धेरै खेलमा प्रर्दशन गर्ने गोलकिपर हुन् ।
२९ बर्षका स्पेनिस खेलाडी डी गियाले युनाईटेडबाट सबैभन्दा धेरै पटक प्लेयर अफ दी ईयर जितेका छन् । चार बर्ष युनाईटेडबाट प्लेयर अफ दी ईयर जितेका उनले रोनाल्डो भन्दा एक पटक बढी सो अवार्ड हात पारेका छन् ।
'मलाई लाग्दैन कि ठुलो उपाधि नजितेसम्म उनी खुसी हुन सक्नेछन् ।' सोल्सायरले भनेका छन् ।
'हो, उनले ब्यक्तिगत रुपमा अवार्ड जितेका छन् । तर उनी यसको ख्याल गर्दैनन् । मलाई लाग्छ, उनी टिमबाट धेरै उपाधि जित्न चाहन्छन् । युनाईटेडमा लामो समयसम्म बसेर कुनै ठुलो उपाधि नजित्दा आफ्नो करियरको कालो बिन्दुको रुपमा उनले महशुश गर्नेछन् ।' उनले भने ।
डी गियाले ९ सिजन युनाईटेडमा बिताएका छन् । उनले यसक्रममा एक पटक प्रिमियर लिगको उपाधि जितेका छन् । थप एक एफ ए कप, ईपीएल कप र युरोपा लिग जितेका छन् ।
सन् २०१७ को युरोपा लिगको फाईनलमा अजाक्सबिरुद्ध उनी बेन्चमा थिए । सर्गियो रामेरोले उनलाई प्रतिस्थापन गरेका थिए ।
यस विपरित, पिटर समिचेलले ११ मुख्य उपाधि जितेका थिए । उनी सन् १९९१ द्येखि ९९ सम्म युनाईटेडमा रहदा ८ बर्षको दौरानमा ३ सय ९८ खेलमा प्रर्दशन गरेका थिए । उनले ५ लिग उपाधि र च्याम्पियन्स लिगको उपाधि हात पारेका थिए ।
टोटेनहमबिरुद्ध पछिल्लो खेलमा डी गियाको प्रर्दशनको पूर्व कप्तान रोय केनले आलोचना गरेका थिए ।
तर पछिल्लाे समय युनाईटेडमा डी गियाको प्रर्दशन उच्च छ । उनले पछिल्ला ४ खेलमध्य ३ खेलमा क्लिन चिट पाएका छन् । र युनाईटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ ।
'उनको मनोवल उच्च छ ।' पूर्व गोलकिपर समिचेलले भने, 'तिमी उनलाई तोड्न सक्दैनौ ।'
'जब म्यान्चेष्टर युनाईटेड आफ्नो लक्ष्यमा छ । त्यसपछि तिमीलाई यही गर्न आवश्यक छ । कुनैपनि सानो गल्ती मुख्य कुरा बन्न सक्छ । यदी तिमले यसलाई समाधान गर्न सकेनौ भने यसले तिमीलाई तोड्नेछ ।' उनले भने ।