एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर भेरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
भेरोनाको मैदानमा डार्को लाजोभिकले दोस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा एन्टोनियोले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा फेड्रिकोले आत्मघाती गोल गर्दा इन्टर २-१ ले अघि रह्यो ।
तर, खेलको ८६ औं मिनेटमा भेरोनाका मिगुएल भेलोसोले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।
भेरोनासँगको बराबरीसँगै इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
चौंथो स्थानको इन्टरले ३१ खेलमा ६५ अंक जोडेको छ । ४३ अंक जोडेको भेरोना नवौं स्थानमा रहेको छ ।