एजेन्सी । आर्सनलले स्ट्राइकर एड्डी एनकेइटाले पाएको रेड कार्डबारे अपिल गर्ने भएको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति लेष्टर सिटीविरुद्धको खेलमा एनकेइटाले रेड कार्ड पाएका थिए ।
२१ वर्षे एनकेइटाले लेष्टरका जेम्स जस्टिनलाई खराब ट्याकल गरेपछि रेड कार्ड पाएका थिए ।
उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
एनकेइटालाई तीन खेलको प्रतिबन्ध लाग्ने भएपछि आर्सनलले अपिल गर्न लागेको हो ।
आर्सनलको अपिल बदर भएका उनले टोटेनहम, लिभरपुल र एफए कपमा म्यानचेस्टर सिटीसँगको खेल गुमाउने छन् ।