एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्डर डेभिड सिल्भाको प्रशंसा गरेका छन् ।
प्रिमियर लिग अन्तर्गत बुधबार राति न्युकासलविरुद्धको खेलपछि प्रशिक्षक ग्वार्डिओलाले सिल्भाको प्रशंसा गरेका हुन् ।
घरेलु मैदानमा सिटीले न्युकासललाई ५-० ले हराएको थियो । जसमा सिल्भाले एक गोल गरेका थिए ।
'उनले साच्चै उत्कृष्ट खेलिरहेका छन् । उनी एक ठुलो प्रतिस्पर्धी हुन् । अविश्वासनीय लिजेण्ड हुन् । उहाँ जस्तो खेलाडी मैले देखेको छैन,' ग्वार्डिओलाले भने ।
३४ वर्षीय सिल्भाले सिटीबाट १ सय २१ गोलका लागि असिस्ट गरेका छन् । तर, सिल्भाले सिजनको अन्त्यसँगै क्लब छाड्ने छन् ।
यस्तै ग्वार्डिओलाले यस सिजन सिल्भाको उत्कृष्ट सिजन भएको बताउँदै उनलाई दर्शकसहितको खेलबाट विदाई गर्न चाहेको बताए ।
सन् २०१० मा सिटी आएका सिल्भाले सिटीका लागि ३ सय ५ खेलमा ५८ गोल गरिसकेका छन् ।