एजेन्सी । जर्मन क्लब आरबी लाइपजिगले फ्रेन्च क्लब मोनाकोका डिफेन्डर बेन्जामिन हेन्रिक्स अनुबन्ध गरेको छ ।
लाइपजिगले जर्मन डिफेन्डर बेन्जामिनलाई लोनमा अनुबन्ध गरेको हो ।
२३ वर्षे डिफेन्डरलाई लाइपजिगले एक सिजनको लागि अनुबन्ध गरेको हो । यस्तै लाइपजिगलाई मोनाकोले स्थायी अनुबन्धको लागि समेत अवसर दिएको छ ।
जर्मन क्लब लेवरकुसेनको एकेडेमीमा हुर्किएका बेन्जामिन सन् १०१८ मा मोनाको आएका थिए ।
मोनाकोका लागि उनले ४४ खेल खेलेका छन् । जर्मनीका लागि उनले ३ खेल खेलिसकेका छन् ।
लाइपजिगले आगामी सिजनका लागि दोस्रो खेलाडीको रुपमा बेन्जामिनलाई अनुबन्ध गरेको हो ।
बुधबार मात्र लाइपजिगले दक्षिण कोरियन फरवार्ड ह्वाङ्ग हि चानलाई अनुबन्ध गरेको थियो ।
लाइपजिगले अष्ट्रियन क्लब रेड्बुल साल्ज्बर्गबाट चानलाई अनुबन्ध गरेको हो ।
जर्मन फरवार्ड टिमो वेर्नेरलाई चेल्सीमा बेचेको लाइपजिगले उनको स्थानमा कोरियन फरवार्ड अनुबन्ध गरेको हो ।